arrow

घट्यो सुनको भाउ, प्रतितोला दुई लाख ८२ हजार चार सय कायम

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा एक हजार चार सय र चाँदीको १५ रुपैयाँ घटेको छ । 

मूल्य घटेसँगै सुनको भाउ सोमबार प्रतितोला दुई लाख ८२ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँ रहेको थियो। 

यता, आइतबार प्रतितोला चार हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार घटेर चार हजार तीन सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ