अर्थमन्त्रीले गरे राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत
सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकारका लागि प्रस्ताव
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
202
Shares
काठमाडौँ । राष्ट्रिय सभामा आगामी आर्थिक वर्षका लागि ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत भएको छ। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२) बमोजिम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक सभासमक्ष पेस गरेका हुन्।
आर्थिक वर्ष २०८३/८४ को सेवा तथा कार्यहरूका लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार प्राप्त गर्न र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकाले उक्त विधेयक प्रस्तुत गरिएको अर्थमन्त्री वाग्लेले सभालाई जानकारी दिए।
यस विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने कानुनी अधिकार प्रदान गर्नुका साथै विभिन्न सरकारी निकायहरूले गर्ने कार्यका लागि आवश्यक बजेट विनियोजन गर्ने व्यवस्था स्पष्ट रूपमा गरेको छ।
अर्थमन्त्रीले यस विधेयकलाई अर्थसम्बन्धी विधेयकको रूपमा सङ्घीय संसद्मा प्रस्तुत गरिएको स्पष्ट पारेका छन्।