arrow

कान्तिलोकपथको भरेङडाँडामा पहिरो, हेटौँडा–काठमाडौँ यातायात ठप्प

वैकल्पिक सडक प्रयोग गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
kantilok-path.jpg
तस्बिर फाइल

काठमाडौँ । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा पहिरो खस्दा बिहानैदेखि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। 

लगातारको वर्षाका कारण कान्तिलोकपथ सडकको मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन निकै कठिनाइ भइरहेको छ। मौसममा सुधार आएपछि मात्रै मेसिन प्रयोग गरेर पहिरो हटाउने काम सुरु गरिने प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अर्को सूचना जारी नभएसम्म कान्तिलोकपथ भएर सवारीसाधन नलैजान सर्वसाधारण तथा चालकहरूलाई आग्रह गरेका छन्। 

पहिरोका कारण बाटोमै अलपत्र पर्न सक्ने जोखिम भएकाले हेटौँडा–काठमाडौँ आवतजावतका लागि तत्कालका लागि अन्य वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले विशेष अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ