arrow

विश्वकपमा इङ्गल्याण्ड र कंगो भिड्दै, को कति सफल ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
wcf-2026-englad-coach-keeper.jpg

काठमाडौँ । विश्वकप फुटबलमा आज राति एउटामात्र खेल हुँदैछ । राति पौने १० बजे इङ्गल्याण्डले डीआर कंगोसँग खेल्दैछ । 

इङ्गल्याण्डले विश्वकपमा सन् १९६६ मा एकपटक उपाधि उचालेको छ । सन् १९९० र २०१८ मा चौथो स्थान हासिल गरेको छ । 

इङ्गल्याण्ड सन् २०२२ को विश्वकपसहित सात पटक क्वार्टरफाइनलमा पुगेको छ । सन् १९३० देखि शुरू भएको आधुनिक विश्वकपका शुरूआती तीन विश्वकपमा सदस्य राष्ट्र नभएकैले खेल्न पाएन । 

सन् १९५० देखि विश्वकप खेल्न पाएको इङ्गल्याण्ड सन् १९७४, १९७८ र १९९४ मा विश्वकपमा छनोट नै हुन सकेन । 

सन् १९५०, सन् १९५८ र सन् २०१४ मा इङ्गल्याण्ड विश्वकपको पहिलो चरणबाट अगाडि जानै सकेन । 

यो विश्वकपको समूह चरणमा इङ्गल्याण्डले पानामालाई २–० ले हराउँदा क्रोएसियालाई ४–२ ले पराजित गर्यो । घानासँग भने गोलरहित बराबरी खेल्यो । 

यता कंगो भने सन् १९७४ पछि पहिलो पटक विश्वकप खेलिरहेको हो । ५२ वर्षपछि विश्वकप खेल्न पाएको कंगो नकआउटमा प्रवेश गर्नु नै ठूलो कुरा भइसकेको छ । 

पहिलो पटक नकआउट खेल्दै गरेको कंगोले कुन चमत्कार गर्ने हो भने भन्ने केही समयपछिको खेलले देखाउने नै छ । 

समूह चरणमा कंगोले नवप्रवेशी टिम उज्बेकिस्तानलाई ३–१ ले हराउँदा कोलम्बियासँग १–० ले पराजित भयो । त्यस्तै पोर्चुगलतसँग भने १–१ गोलको बराबरी खेल्यो । 

अहिलेसम्म को को पुगे प्रिक्वार्टरफाइनलमा ?

अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल, पाराग्वे, नर्वे, फ्रान्स र मेक्सिको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । ब्रजिलले जापानलाई २–१ ले हरायो । 

पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो । 

फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्यो । 

मेक्सिकोले इक्वेडरलाई २–० ले हरायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ