प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धीकरण निवारण विधेयक बहुमतले पारित
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
146
Shares
काठमाडौँ । प्रतिनिधि सभाले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ पेस गर्दा बैठकले बहुमतका आधारमा पारित गरेको हो।
विधेयक पारित हुनुअघि भएको दफावार छलफलमा भाग लिँदै केही प्रतिपक्षी सांसदहरूले यसलाई थप अध्ययन र विस्तृत छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने माग राखेका थिए।
यद्यपि प्रतिपक्षका सुझाव र संशोधन प्रस्तावका बाबजुद प्रतिनिधि सभाले बहुमतका आधारमा विधेयकलाई स्वीकृत गरेको हो। मुलुकलाई वित्तीय कारबाही कार्यदल को 'ग्रे लिस्ट' (खैरो सूची) बाट जोगाउन कानुनी संरचना बलियो बनाउने उद्देश्यसहित सरकारले यो विधेयकलाई प्राथमिकताका साथ अघि बढाएको थियो।