arrow

राष्ट्रिय सभा

'बजेटमा पशुपतिनाथको नामै छैन, बागमतीमा ढल मिसिँदा पनि सरकार मौन'

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
bishnu-devi-pudasaini.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद विष्णुदेवी पुडासैनीले सरकारले पशुपतिनाथ मन्दिरको व्यवस्थापन र संरक्षणका लागि बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

बिहीबार राष्ट्रिय सभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेटमा पशुपतिनाथको नाम कतै पनि उल्लेख नभएको भन्दै आपत्ति जनाइन्।

सांसद पुडासैनीले विश्वभरका लाखौँ भक्तजनहरूको आस्थाको केन्द्र रहेको पशुपतिनाथ मन्दिरको पूर्वतर्फ बग्ने बागमती नदीको अवस्था दयनीय बन्दा समेत सरकार उदासीन बनेको आरोप लगाइन्।

"बागमती नदीमा ढल मिसिएको अवस्था छ, तर त्यसको व्यवस्थापनका लागि कुनै पनि मन्त्रालयले बजेटको व्यवस्था नगर्नुले खल्लो महसुस गराएको छ," उनले भनिन्। बजेटमा गोकर्णेश्वर नगरपालिकास्थित गोकर्ण दरबारका लागि केही रकम छुट्याइएकोमा मन्त्रीलाई धन्यवाद दिँदै उनले त्यो बजेट समेत पर्याप्त नभएको टिप्पणी गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ