काठमाडौँ । मोरक्को विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वार्टरफाइनलमा सहआयोजक क्यानाडालाई सहजै ३–० ले पराजित गर्दै मोरक्को अन्तिम आठमा पुगेको हो ।
मोरक्कोलाई जिताउन मध्यान्तरपछि एज्जेडाइन ओनाहीले दुई तथा सोफियानाले रहिमीले एक गोल गरे । खेलमा दुवैतर्फ चार चार ओटा पहेँलो कार्ड देखाइएको थियो ।
क्यानाडाले ४५ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सफल भए पनि गोल भने गर्न सकेन ।
क्यानाडाले गोलका लागि तीन ओटा प्रहार गरे पनि गोलकिपरले विफल बनाइदिए । मोरक्कोले भने चार प्रहार गरेकामा तीन ओटालाई गोलमा परिणत गर्यो ।
मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएर अन्तिम अन्तिम १६ मा स्थान बनाएको थियो ।
त्यस्तै क्यानाडाले पहिलो पटक यो सफलता हासिल गर्ने क्रममा दक्षिण अफ्रिकालाई १–० ले हराएको थियो ।
मोरक्को सन् २०२२ को विश्वकपमा सेमिफाइनलमा पुगेर उक्त सफलता हासिल गर्ने पहिलो अफ्रिकी र अरब राष्ट्र बनेको थियो ।