arrow

बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा, अमेरिका ४–१ ले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
wcf-2026-usa-belgium-rrr.jpg

काठमाडौँ । बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको प्रिक्वार्टरफाइनलमा सहआयोजक अमेरिकालाई ४–१ ले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो । 

बेल्जियमले ९ मिनेटमै गोल गर्दै अग्रता लियो । चार्लस डे केटेलएरेको गोलमा बेल्जियमले अग्रता लिएको हो । उनले निकोलस रस्किनको पासमा गोल गरेका हुन् । 

३१ औँ मिनेटमा अमेरिकी खेलाडी मलिक टिलमानले फ्रिकमार्फत सुन्दर गोल गर्दै टिमलाई १–१ को बराबरीमा ल्याए । 

त्यसको दुई मिनेटमै बेल्जियमका चार्लसले दोस्रो गोल गर्दै टिमलाई २–१ ले अग्रता दिलाए । उनले लिआन्द्रो ट्रोसार्डको पासमा हेड गोल गरेका हुन् । 

त्यस्तै ५७ औँ मिनेटमा हान्स भानाकेनले चार्लसको पासमा गोल गरे । 

इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकूले गोल गर्दै बेल्जियमलाई ४–१ ले जिताए । लुृकाकू बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

यो हारसँगै अमेरिकाको तेस्रो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने चाहना चकनाचुर भयो । 

अमेरिका सन् १९३० को पहिलो संस्करण र सन् २००२ मा क्वार्टरफाइनलमा पुगेको थियो । 

बेल्जियम भने दुई पटक सेमिफाइनलमा पुगेको छ । सन् २०१८ को विश्वकपमा तेस्रो भएको बेल्जियम १९८६ मा चौथो भएको थियो । 

को को पुगे क्वार्टरफाइनलमा ? 

यसअघि नर्वे, मोरक्को र इङ्गल्याण्ड र स्पेन क्वार्टरफाइनलमा पुगिसकेका छन् । 

क्यानाडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा पुगेको हो । 

त्यस्तै ब्रजिललाई २–१ ले हराउँदै नर्वे चौथो सहभागितामा पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । 

त्यस्तै इङ्गल्याण्डले मेक्सिकोलाई ३–२ ले हराएर क्वार्टरफाइनलमा स्थान बनायो । 

स्पेनले पोर्चुगललाई १–१ ले हराएर क्वार्टरफाइनलमा स्थान पक्का गर्यो । 

बेल्जियमले अमेरिकालाई ४–१ ले हराएर क्वार्टरफाइनलमा स्थान पक्का गर्यो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ