मन्त्रीको भ्रमणबारे समितिमा छलफल, कूटनीतिक विषय भन्दै पत्रकारलाई रोक
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
327
Shares
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज सिंहदरबारमा बसेको छ।
बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुकहरू भारत र चीनको हालै सम्पन्न भ्रमणका साथै अन्य समसामयिक कूटनीतिक विषयहरूमा समितिलाई औपचारिक जानकारी गराएका छन्।
मन्त्री खनालले ती भ्रमणका क्रममा भएका सहमति, उपलब्धि र नेपालको परराष्ट्र नीतिका सम्बन्धमा समितिका सदस्यहरूलाई अवगत गराएका हुन्।
बैठकमा परराष्ट्रमन्त्रीका साथै परराष्ट्र मन्त्रालयका सचिव लगायत अन्य उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको छ।
यसैबीच समितिको आजको बैठकमा सञ्चारकर्मीहरूलाई भने प्रवेश अनुमति दिइएन।
छिमेकी मुलुकहरूसँगको भ्रमण र संवेदनशील कूटनीतिक विषयहरूमा गहन छलफल हुने भएकाले सञ्चारमाध्यमलाई बैठकमा सहभागी हुन रोक लगाइएको समिति सचिवालयले जनाएको छ।