arrow

प्रधानमन्त्री साह पुगे संसद्‌मा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
balen-samsad.jpg

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह प्रतिनिधि सभाको बैठकमा सहभागी भएका छन्। मङ्गलबार संसद् भवन सिंहदरबारमा सुरु भएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री साह उपस्थित भएका हुन्।

गत जेठ १७ गतेको बैठकमा आयोजना गरिएको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएयता प्रधानमन्त्री साह पहिलो पटक संसद् बैठकमा उपस्थित भएका हुन्। 

बैठकमा प्रधानमन्त्री साहसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि सहभागी छन्।

यसअघि संसद्‍मा प्रधानमन्त्री साहले दिएको एक अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले लगातार विरोध जनाउँदै आएका छन्। 

आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले सोही विषयलाई लिएर प्रधानमन्त्रीको आलोचना गरिरहेका बेला प्रधानमन्त्री संसद् बैठकमा सहभागी भएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ