arrow

फुटको सङ्घारमा कांग्रेस

इतर पक्षले गर्‍यो साउन २९ गते राष्ट्रिय भेलाको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
congress-itar-purna.jpg

काठमाडौँ । नेपाली कांग्रेस विभाजनको सङ्घारमा पुगेको छ। पार्टीको संस्थापन इतर पक्षले नयाँ पार्टी निर्माण गर्ने उद्देश्यसहित राष्ट्रिय भेलाको घोषणा गरेका छन्। बीपी स्मृति दिवसको अवसरमा आयोजित छुट्टै भेलालाई सम्बोधन गर्दै नेता प्रकाशमान सिंहले आगामी साउन २९ गते राष्ट्रिय भेला आयोजना गरिने घोषणा गरे।

सातवटै प्रदेशमा भेलाहरू सम्पन्न गरिसकेको इतर पक्षको अब केन्द्रीय स्तरको राष्ट्रिय भेला काठमाडौँमा हुने नेता सिंहले जानकारी दिए। उनले पार्टीको १५औँ महाधिवेशनलाई एकताको बनाउन आफूहरूले हरसभए प्रयास गरे पनि संस्थापन पक्षको व्यक्तिवादी चिन्तन र स्वार्थका कारण त्यो सम्भव नभएको गम्भीर आरोप लगाए।

नेता सिंहले भने, “सबैले हामीले निर्णय गर्न ढिला गर्यौँ भनेर भन्नुहुन्छ। त्यो त होइन नि त, हामीले त सकेसम्म मिलेर जानको लागि समय लिएको हो। आज श्रावण ६ गते हामीले निर्णय गरेका छौँ। आजको ठिक २३ दिनपछि साउन २९ गतेमा हाम्रो राष्ट्रिय भेला हुन्छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ