arrow

आपूर्ति विभागले गर्‍यो बिल बिजक नराख्नेलाई जरिबाना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
Nagarjun_Nagarpalika.png

काठमाडौँ । स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राज श्री खाद्य स्टोरलाई जरिबाना गरेको छ । 

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफाअनुसार बिल बिजक नराखेको पाइएपछि विभागले सो स्टोरलाई रु पाँच हजार जरिवाना गरेको हो । आज विभागले कुल आठ वटा फर्ममा स्थलगत अनुमगन गरेको थियो । त्यसमध्ये सात वटालाई सुधारात्मक निर्देशन दिएको छ । 

विभागले उपभोक्ता अधिकारकर्मी लगायतको उपस्थितिमा नियमित बजार अनुमगन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ