arrow

ह्वाइट हाउसमा जेलेन्स्की र नेतान्याहूसँग उच्चस्तरीय भेटवार्ताको तयारीमा ट्रम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १२ मंगलबार
volodimir-trump-neta.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्। 

ह्वाइट हाउसका अधिकारीहरूका अनुसार यी बैठकहरू मुख्यतया युक्रेन र पश्चिम एसियामा जारी द्वन्द्वलाई केन्द्रित गरेर सञ्चालन हुनेछन्।

इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको वार्तापछि इरानसँगको बढ्दो तनाव, लेबनानसँगको वार्ताको प्रगति र अब्राहम एकर्ड्सको विस्तारका विषयमा छलफल हुनेछ। 

वासिङ्टन ओर्लनुअघि नेतान्याहुले इरानबाट आउने खतराहरूको सामना गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको बताएका छन्। ट्रम्पले इरानको विषयमा केही साना मतभेद भए तापनि धेरैजसो मुद्दामा आफू र नेतान्याहुबीच एकमत रहेको बताएका छन्। ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि यी दुई नेताबीच हुन लागेको यो आठौं भेट हो।

यसैगरी, युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको वार्तामा रुस–युक्रेन युद्ध अन्त्य गर्ने शान्ति प्रक्रियामाथि केन्द्रित रहेर छलफल हुनेछ। ट्रम्प प्रशासनले अब युद्ध अन्त्य गर्ने समय आएको निष्कर्ष निकालेको ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन्। 

वार्ताका क्रममा रुसले इरानलाई अमेरिकी सैन्य आधार शिविरको जासुसी सूचना दिएको आरोप तथा रुςले उत्तर कोरियाबाट ३०,००० सैनिकहरू मगाएर सैन्य शक्ति सुदृढ गर्न लागेको विषयमा पनि कुराकानी हुनेछ। रुसले इरानलाई सूचना दिएको कुरामा आफूलाई विश्वास नभए पनि यसबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रश्न गर्ने ट्रम्पले बताएका छन्।

ह्वाइट हाउसमा हुने यी महत्त्वपूर्ण भेटघाटहरू सम्पन्न भएपछि दुवै विदेशी नेताहरू वासिङ्टनमा आयोजना हुने दिवंगत अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा सहभागी हुने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ