arrow

वार्ता असफल भए इरानमाथि कडा आक्रमण गर्ने ट्रम्पको धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १२ मंगलबार
trump-sss.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ता असफल भए कडा सैन्य कारबाहीमा फर्किने चेतावनी दिएका छन्। उनले हाललाई कूटनीतिक प्रयासलाई प्राथमिकता दिँदै सैन्य आक्रमण स्थगित गरिएको बताए।

अमेरिकी समाचार पोर्टल एक्सियोसलाई दिएको अन्तर्वार्तामा ट्रम्पले इरानसँग गम्भीर वार्ता भइरहेको उल्लेख गर्दै सकारात्मक नतिजा नआए पुनः सैन्य कारबाही शुरू हुने स्पष्ट पारे। उनले वार्ताका लागि धेरै समय नरहेको भन्दै प्रक्रिया छिट्टै निष्कर्षमा पुग्ने वा असफल हुने बताए।

ट्रम्पका अनुसार मध्यस्थकर्ता मुलुक र क्षेत्रीय साझेदारहरूको आग्रहमा शुक्रबारका लागि तय गरिएको सैन्य आक्रमण रोकिएको हो। अमेरिकी दबाबका कारण इरानको सैन्य क्षमता कमजोर बनेपछि मात्र तेहरान वार्तामा आउन तयार भएको उनको दाबी छ।

सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले वार्ताबाट सकारात्मक परिणाम आउने आशा व्यक्त गरे। उनले भने, “यदि वार्ता सफल भयो भने राम्रो हुन्छ, अन्यथा हामी अघिकै अवस्थामा फर्किनेछौं।”

ट्रम्पले इरानको विषयमा अमेरिकी प्रशासन र इजरायलको धारणा लगभग समान रहेको पनि बताए।

साथै, हर्मोज जलसन्धिमा जहाजमाथि भएका आक्रमणबाट भएको क्षतिको भुक्तानी अमेरिकाको नियन्त्रणमा रहेको इरानी सम्पत्तिबाट असुल गरिने आफ्नो अडान दोहोर्‍याए।

यसैबीच, क्षेत्रीय स्रोतहरूका अनुसार ओमानको मध्यस्थतामा इरानसँग भएको वार्तामा केही प्रगति भएको छ। तर हालसम्म कुनै औपचारिक सम्झौता भने भएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ