arrow

नेपाल–क्यानाडा द्विपक्षीय परामर्श संयन्त्रको चौथो बैठक सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १२ मंगलबार
canada-nepal-flags.jpg

काठमाडौं  । नेपाल–क्यानाडा द्विपक्षीय परामर्श संयन्त्र (बिसीएम) को चौथो बैठक सम्पन्न भएको छ। बैठकमा आगामी दिनमा द्विपक्षीय साझेदारीलाई थप विस्तार र सुदृढ बनाउन नियमित परामर्शलाई निरन्तरता दिने विषयमा दुवै पक्ष सहमत भएका छन्।

बैठकमा सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता कायम रहेको दीर्घकालीन मित्रता तथा सहयोगप्रति सन्तुष्टि व्यक्त गर्दै राजनीतिक सम्बन्ध, व्यापार तथा लगानी, विकास सहयोग, शिक्षा, जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, कृषि, सूचना प्रविधि, जनस्तरको सम्बन्ध र वाणिज्यदूतसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।

नेपाली पक्षले आर्थिक सुधार कार्यक्रम तथा वैदेशिक लगानी आकर्षित गर्न भइरहेका प्रयासबारे जानकारी गराएको थियो भने क्यानडाली पक्षले लगानीमैत्री वातावरण निर्माणका लागि नेपालले गरेका प्रयासको प्रशंसा गरेको थियो।

साथै, जलवायु कार्यसूची, हरित ऊर्जा, लोकतान्त्रिक सुशासन, शान्ति स्थापना, मानव अधिकार तथा संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा सहकार्यजस्ता क्षेत्रीय तथा विश्वव्यापी साझा चासोका विषयमा समेत विचार आदानप्रदान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोमबार सम्पन्न उक्त बैठकको सह–अध्यक्षता परराष्ट्र मन्त्रालयका सहसचिव दिलीपकुमार पौडेल र क्यानडा सरकारको दक्षिण एशिया ब्युरोका महानिर्देशक जीन–क्रिश्चियन ब्रियाँले गर्नुभएको थियो। संयन्त्रको आगामी बैठक आपसी सहमतिमा क्यानडामा आयोजना हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ