arrow

‘सुशीला कार्कीले अन्तर्वार्तामा बढाई चढाई गरेर डामिन्’

महान्यायाधिवक्ताको कार्यालयको कडा प्रतिक्रिया

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
news_court.JPG

काठमाडौं । भरखरै प्रधानन्यायाधीशबाट सेवा निवृत्त भएकी सुशीला कार्कीले आम संचारमाध्यममा दिएको अन्तर्वार्तामा महान्यायाधिवक्ताको कार्यालयलाई डामेको भन्दै महान्ययाधिवक्ताको कार्यालयले आपत्ति जनाएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले मंगलबार विज्ञप्ति नै प्रकाशन गरेर कार्कीले आम संचारमाध्यममा दिएको अन्तर्वार्ताप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उहाँ (कार्की)ले अन्तर्वार्ताका क्रममा खासगरी महान्यायाधिवक्ताको कार्यालयबाट अचाक्ली मुद्दा स्थगित भएको, शत प्रतिशत मुद्दा स्थगित गरेको, फैसला नै हुन नदिने, चुनावको वहाना बनाउने, फाइल नआएको वहाना बनाउने, यो मुद्दा यो न्यायाधीश कहाँ हुँदैन, त्यो न्यायाधीश कहाँ हुन्छ, भन्ने बमबम उफ्रिन थाल्ने जस्ता हुँदै नभएका शब्दावली प्रयोग गरी महान्यायाधिवक्ता र सरकारी वकिलहरुप्रति टिप्पणी गरेको विषयमा महान्यायाधिवक्ताको कार्यालयबाट गम्भीर आपत्ति प्रकट गर्दछौँ ।’

यस्तै विज्ञप्तिमा अपवाद बाहेक काबु बाहिरको परिस्थितिमा बाहेक सरकारी वकिलबाट पेशी हटाउने कार्य नभएको र आगामी दिनमा पनि नहुने प्रतिवद्धता प्रकट गर्दछौँ भनिएको छ ।

पदमा रहँदा कार्कीले सरकारी वकिलहरुले संस्थागत रुपमा असन्तुष्टि राखेको विषयलाइए सरकारी वकिलले विरोध गरेको भनि तुस राखेर टिप्पणी गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ