arrow

शेयर निष्काशन सम्बन्धि आइएमईका दुई कम्पनीले गरे संझौता

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
ime_(2).jpg

काठमाडौं ।  आइएमई जनरल इन्स्योरेन्स र ग्लोवल आइएमई क्यापिटलबीच  हकप्रद शेयर निष्काशनको संझौता भएको छ । मंगलवार सम्पन्न भएको २०औं बार्षिक साधारण सभाको निर्णयानुसार १०:८ अनुपात शेयरका दरले हकप्रद शेयर जारी गर्न दुवै कम्पनीबीच संझौता भएको छ ।

सो  संझौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरे।

मंगलवार संझौता भएको ८० प्रतशित हकपद शेयरको निष्काशन पश्चात आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पूंजी ९७ करोड २० लाख पुग्ने  प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।  उनले बोनस शेयर दिई कम्पनीले आफनो चुक्ता पूंजी १ अरब २ करोड ६ लाख पुर्‍याउने गरी पूंजी बृद्धि योजना बीमा समितिमा पेश गरिएको पनि जानकारी गराए ।

कम्म्पनीले ७ वटै प्रदेशमा शाखा सञ्चाल विस्तार गर्दै आएको छ । हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले थप १६ शाखा तथा सम्पर्क कार्यलयहरु खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने योजना बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ