arrow

शितलहर प्रभावितलाई आइएमईको ब्ल्याङ्केट वितरण

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
ime_(3).JPG

काठमाडौं । विगत केहिदिनदेखि तराईका विभिन्न स्थानमा चलेको शितलहरले प्रभावितहरुका लागि आइएमई फाउन्डेशनले ब्ल्याङ्केट वितरण गरेको छ । प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहतका लागि  फाउन्डेशनले ब्ल्याङ्केट वितरण गरेको हो ।

आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यवसायीक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका–०३, जम्दह र कल्याणपुर नगरपालिका–०७, भेडियाका साथै सप्तरीस्थित राजविराज नगरपालिका–०९, मलेठ र खड्क नगरपालिका–०३, बानरझुलामा रहेका आर्थिक रुपमा विपन्न एक सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेको छ ।

आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शितलहरले प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । आपतकालीन मानवीय सेवामा काठमाडौंस्थित पानीपोखरीमा रहेको फाउन्डेसन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरुलाई राहत वितरणमा पूर्ण सहयोग गर्ने स्थानीय व्यवसायीक साझेदार, प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि, ग्लोबल आइएमई बैंक शाखा कार्यालय राजविराज एवम् शुभेच्चुक शुभचिन्तक सबैलाई  फाउन्डेसनले आभार प्रकट गरेको छ ।

 



नयाँ