arrow

राई र गुरूङ्गले जिते आइएमईको ‘आइफोन एक्स’

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
Pic.jpg

काठमाडौं । ‘आइएमई गरौँ, आईफोन एक्स जितौं’ भन्ने मूल नाराका साथ आइएमई लमिटेडले संचालनमा ल्याएको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरि गत डिसेम्बर १५ देखि दुई महिना लामो स्किम सार्वजनिक गरेको थियो ।

 स्किम अन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीहरू मध्येबाट हरेक दिन पाँच जना भाग्यशाली विजेतालाई प्रतिव्यक्ति २ वटा चन्द्रागिरि केवलकारका टिकट उपलब्ध गराइएको थियो भने प्रत्येक महिना एकजना भाग्याशाली विजेतालाई ‘आइफोन एक्स’ उपलब्ध गराइएको थियो । भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख विक्री अधिकृत रुद्रराज पौडेलले सफ्टवेयर
पद्धतिमा आधारित स्टार्ट बटम किल्क गर्दा संयुक्त अधिराज्य बेलायतबाट नेपालमा आइएमई गरि कूल नेपाली रुपैयाँ ३४ हजार ४ सय ३६ पठाउने आइएमई सेवाग्राही राई भाग्यशाली छनोट भएका हुन् ।

 सेवा र शर्त अनुसार सेवाग्राही राई स्वयम्वा नीजले सिफारिस गरेको व्यक्तिले उक्त उपहार पाउने व्यवस्था गरिएको छ । त्यस्तै योजना अवधिमा विदेशस्थित आइएमईका व्यवसायिक साझेदार संस्थाहरु जस्तैः– मनी ग्राम, एक्सप्रेस मनी र इन्स्टेन्ट क्यासमार्फत आइएमई गरि नेपाल पठाएको पैसा लिने सेवाग्राहीहरू मध्येबाट लाल बहादुर गुरुङ्ग भाग्यशाली विजेता छनोट भएका छन् ।

भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्क गर्दा साइप्रसबाट मनीग्राममार्फत पठाएको पैसा नेपालमा आइएमईमार्फत लिने गुरुङ्ग भाग्यशाली विजेता घोषित  भए । सेवा र शर्त अनुसार सेवाग्राही गुरुङ्ग स्वयमले उक्त उपहार पाउने व्यवस्था गरिएको आइएमई ग्रुपका प्रमुख–जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ