arrow

आइएमई र मुथुत फाइनान्सद्वारा भारत–नेपाल रेमिटेन्स सेवा शुरु

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
ime1.jpg

काठमाडौं । नेपाल स्थित आइएमई लिमिटेड र भारत स्थित मुथुत फाइनान्सले भारत–नेपाल रेमिटेन्स सेवा शुरुवात गरेका छन् । सो सेवाको प्रारम्भसँगै विभिन्न उद्देश्यले भारतमा रहँदै आएका लाखौँ नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्नेछन् ।

यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दा बढी आइएमई एजेन्ट आउटलेटबाट सम्बन्धित व्यक्तिद्वारा सजिलै भुक्तानी लिन सकिनेछ ।  नगद भुक्तानी सेवाका अतिरिक्त सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ ।   नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिंग साझेदार संस्था हुनेछन् ।

भारत–नेपाल रेमिटेन्स सेवा शुभारम्भ कार्यक्रममा भारतस्थित मुथुत फाइनान्सका तर्फबाट प्रवन्ध निर्देशक जर्ज एलेक्जेन्डर मुथुत, प्रमुख महाप्रबन्धक के.आर.बिजिमोन र नेपालस्थित आइएमईका तर्फबाट ब्यापार प्रवद्र्धन प्रमुख सुभास तामाङ्ग लगायत मुथुत फाइनान्सका  बरिष्ठ प्रबन्धक जयदीप मेनन र कन्सलट्यान्ट गौतम नैथानी लगायत दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रबन्धक बिजिमोनले, नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईंसँगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरूले आर्जन गरेको रकम नेपालमा रहेका तिनका परिवार र आफन्तलाई भुक्तानी गर्न सजिलो हुने विश्वास व्यक्त गरे।

 “आइएमई र मुथुत फाइनान्सको सहकार्यपछि भारतमा रहँदै आएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको छ” भन्दै आइएमईका प्रतिनिधि सुभास तामाङ्गले आइएमई र मुथुत फाइनान्स बिच भएको सहकार्यले गर्दा भारतबाट नेपालमा पैसा पठाउन अत्यन्त सहज हुने विश्वास व्यक्त गरे। “आइएमई र मथुतबीचको सहकार्यले इण्डो–नेपाल रेमिटेन्स सेवालाई थप विविधिकृत बनाउन ठूलो मदत पुग्नेछ,” भन्ने धारणा समेत तामाङ्गले व्यक्त गरे।

नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सबीच गत मङ्गसिर महनिामा रेमिटेन्स सम्झौता भएको थियो । मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रबन्धक के. आर. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट  प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेलले उक्त सम्झौता–पत्रमा हस्ताक्षर गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ