arrow

'फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस' प्रतियोगिता हुने

logo
प्रकाशित २०७५ वैशाख १५ शनिबार
Logo_IME_Foundation.png

काठमाडौं । आइएमई फाउन्डेसनको आयोजनामा ओपन लन टेनिस प्रतियोगिता हुने भएको छ । आइएमई एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा  ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता  हुने भएको हो ।

जेष्ठ ६ गतेदेखि १२ गतेसम्म संचालन हुने खेल टेनिसको दिगो विकासमा सहयोग पुगोस् भन्ने मूख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ  काठमाडौं स्थित नाउलिङ्ग स्पोर्टस भिल्ला र मण्डीखाटार टेनिस क्लबमा आठ, नौ, दश, बाह्र र चौध वर्षमूनिका बालबालिकाहरुका लागि उक्त प्रतियोगिता आयोजना हुनेछ ।

 शुक्रबार त्रिपुरेश्वरस्थित खेलकुद पत्रकार मंचको सभाहलमा आयोजित पत्रकार भेटघाटका अवसरमा आइएमई फाउन्डेसनका सदस्य सचिव अन्जली अर्याल (ढकाल), अल नेपाल लन टेनिस एसोसियसनका महासचिव मनोहर दास मोल, जेटीआई संयोजक कृष्ण राज घले र आइएमई ग्रुपका जनसम्पर्क प्रमुख राजु पौडेलको उपस्थिति रहेको थियो ।

विभिन्न उमेर समूहका प्रतिष्पर्धीहरू मध्येवाट प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई पुरस्कारको ब्यवस्था गरिएको कम्पनिले जनाएको छ । खेलाडीहरूले नाउलिङ्ग स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र मण्डीखाटार टेनिस क्लबका अतिरिक्त अल नेपाल लन टेनिस एसोसियसन सातदोबाटोमा आफ्नो आवेदन दर्ता गर्न सक्नेछन् ।  आवेदनको अन्तिम मिति जेष्ठ २ गते साँझ ५ बजेसम्म रहेको छ ।


साथै सन् २००० देखि विभिन्न प्रतिष्पर्धात्मक बक्सिंग खेलमा प्रतियोगी बनी तेह्र (१३) पटकसम्म बक्सिङ्ग च्यापीयनशीप भएका मनोहर बस्नेतलाई आइएमई लिमिटेडले २०७५ सालको लागि प्रयोजन गर्ने भएको छ । बस्नेतले यो वर्ष खल्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितात्मक बक्सिंग खेलमा आइएमईको लोगो अंकित प्रचार समाग्री प्रयोग गरि खेल खेल्नेछन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ