arrow

सुमन शर्मा माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
suman-sharma-machhapuchhre.jpg

काठमाडौं। माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको पद सुमन शर्माले सम्हालेका छन्। २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए। उनले एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए। 

माछापुच्छ्रे बैंकमा यसअघि शर्माले करिव ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेको बैंकले जनाएको छ। बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन्। नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन्।



नयाँ