सिप्रदीले आफ्ना डिलरहरुलाई गरायो दुबई र अजरबैजनको भ्रमण
प्रकाशित २०७५ जेठ २९ मंगलबार
670
Shares
काठमाडौं। एक्साइड ब्याट्रीले आफ्ना डिलरहरुलाई दुबई र अजरबैजनको भ्रमण गराएको छ। एक्साइड ब्याट्री सिप्रदी ट्रेडिङ्ग प्रालि अन्तर्गतको कम्पनी हो। कम्पनीले आफ्ना डिलरको मानसिक र बौद्घिक विकासका साथै मनोरन्जनका लागि यस कार्यक्रमको आयोजना गरिएको बताएको छ।
भ्रमणमा कम्पनीले डिलर मिटको आयोजना गरी श्री चण्डेश्वरी इलेक्ट्रिस एण्ड इलेक्ट्रोनिक्स सप्लायर्सलाई सर्वाधिक बिक्री गर्ने बिधामा प्रथम, स्वस्तिक अटो इलेक्ट्रिक्स् कन्सर्नलाई द्वितीय र न्यु अटो इलेक्ट्रिक्स् सेन्टरलाई तृतीय उपाधिले सम्मानित गरेको छ। यस्ता कार्यक्रमले डिलरहरुमा थप उर्जा दिने काम गरेकाले अब आउने दिनहरुमा युरोप जस्ता विकसित देशको भ्रमण गराउने योजना कम्पनिको रहेको जनाएको छ।