arrow

आइएमईले मनायो १८औं वार्षिकोत्सव

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
35079101_1836983612991637_6493098568448999424_n.jpg

आजदेखि आइएमई  १८औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्यप्राथमिकता दिँदै आएको आइएमईले हालसम्मको  व्यावसायिक यात्रामा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरिसकेको छ ।

१८औँ वर्षसम्म आइपुग्दा  रेमिटेन्स क्षेत्रमा छुट्टै नाम स्थापित गरेको आइएमईले आफ्नो  प्रतिष्ठा र विश्वासलाई कायम राख्नेक्रममा  परम्परागत रेमिटेन्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’ मार्फत प्रविधिमैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरिसकेको छ ।

सेवाग्राहीहरूको निरन्तर विश्वासले आइएमई नेपालको स्थापित व्यावसायिक समूहमा पर्न सफल भएको छ । रेमिटेन्स, बैङ्क तथा वित्तीय संस्था, अटोमोबाइल, सूचनाप्रविधि, बीमा, उर्जा,केबलकार, हस्पिट्यालिटी लगायतका व्यावसायिक क्षेत्रमा आइएमई समूहले लगानी विस्तार गर्दै आएकोछ ।  यसै अवसरमा यो गौरवमय इतिहास निर्माण गर्ने व्यावसायिक साझेदार एवम् सेवाग्राही तथा शुभचिन्तक सबैप्रति आइएमई नेतृत्वले आभार प्रकट गरेको छ ।

१८औं वार्षिकोत्सवका अवसरपारि  काठमाडौं पानीपोखरी स्थित केन्द्रीय कार्यालयमाआयोजित एक विशेष कार्यक्रममा शुभकामना दिँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेशाप्रतिको इमान्दारिता हुनुपर्ने बताए।आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीप विकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए। प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आइएमई ग्रुपमा धेरै अवसरहरु भएको बताउँदै त्यो अवसरलाई उपयोग गर्ने क्षमता सबैमा विकास होस भन्ने  शुभकामना व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ