arrow

आइएमई वर्ल्ड कप : टप स्कोर गर्नेलाई बैङ्कक भ्रमण

logo
प्रकाशित २०७५ असार ४ सोमबार
ime-worldcup.JPG

काठमाडौं। आइएमई लिमिटेड र आइएमई पेले आइएमई वर्ल्डकप उत्सव–२०१८ सार्वजनिक गरेका छन् । विश्वकप फुटबलको २१औँ संस्करण अन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सवै यो उत्सवमा सहभागी हुन सक्नेछन् । आइएमई लिमिटेड एवम् आइएमई पे का आधिकारिक फेसबुक पेज र  आइएमई पेको एप मार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । प्रतियोगिता १४ जून देखि १५ जुलाई २०१८ संचालन हुनेछ ।

सहभागीहरुले वेभ पेजमा रहेको एपमा लग–इन गर्दै एक हजार  प्वाईन्ट सहित प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट हुनेछ । सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्नेछ । खेलको गलत अनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिने छ । थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलन लागि थप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिनेछ । प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाईन्टले विजयी  प्राप्त गर्नेछ । अधिक सङ्ख्याको पोइन्ट प्राप्त गर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्कक जाऔँ’ अन्तर्गत एकजोडीलाई ४ रात ५ दिन लामो बैंङ्कक भ्रमणको अवसर प्राप्त गर्नेछन् । भने प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सहि उत्तर दिने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट हुनेछन् । यसरी छनोटमा पर्ने सेवाग्राहीहरूले दुई सयको आइएमई पे टपअप प्राप्त गर्नेछन् ।

विश्वमा रहेका नेपाली फेसबुक प्रयोगकर्ताले प्रतियोगितामा भाग लिन सक्नेछन् । यदि विदेशमा रहेका फेसबुक प्रयोगकर्ता विजयी भएमा नेपालमा बसोबास गर्ने नीजले ईच्छाएका व्यक्तिलाई मात्र पुरस्कार प्रदान गरिनेछ । सहभागीहरुले प्रतियोगिताको सम्भावित नतिजा कम्तिमा निर्धारित खेल शुरु हुनुभन्दा एक घण्टा पहिला अनुमान गर्नुपर्नेछ । यदि कुनै पोष्ट अथवा कमेन्टस् त्रुटिपूर्ण देखिएमा बिना कुनै सूचना तत्काल रद्ध गरिनेछ । विजेता वा प्रतियोगिले पोष्ट गरेका तस्विर आइएमई र  आइएमई पेको  विज्ञापनमा प्रयोग गर्न सक्ने पुर्णाधिकार आइएमई र  आइएमई पेमा निहित हुनेछ । एक वा सो भन्दा बढी प्रतियोगिले बराबर अंक प्राप्त गरेमा ‘लक्की ड्रमार्फत ’ विजेता घोषित गरिनेछ । प्रत्येक प्रतियोगिले आफ्नो सम्पर्क विवरण दुरुस्त पोष्ट गर्नुपर्नेछ ।

 यदि तपाईं विजेता घोषित भएमा सोहि विवरणमा सम्पर्क गरिनेछ । जानकारी प्राप्त भएको सात दिन भित्रमा आफ्नो परिचय पत्र सहित आइएमई र  आइएमई पेमा सम्पर्क गर्नुपर्नेछ । ‘लक्की ड्र’ एवम् भाग्यशाली विजेताको नतिजा आइएमई र आइएमई पे फेसबुक पेजमार्फत् सार्वजनिक गरिनेछ । विजेता आफ्नो पुरस्कारको दाबी समयमै गर्न चुकेमा अर्को ‘लक्की ड्रमार्फत ’ नयाँ विजेता घोषित गरिनेछ । सम्पूर्ण पुरस्कारहरु सूचना जारी भएको पन्ध्र दिनभित्र लिनुपर्नेछ । पुरस्कार नगद अथवा अन्य कुनै रुपमा प्रदान गरिनेछैन ।

सरकारको नियमानुसार लाग्ने कर बिजेताले नै चुक्ता गर्नुपर्नेछ । आइएमई र आइएमई पेमा कार्यरत कर्मचारीहरु, अभिकर्ता र आइएमई र आइएमई पेमा आवद्ध कसैले पनि यो प्रतियोगितामा भाग लिन पाउनेछैनन् । यधपी, मनोरन्जनका लागि सहभागी हुन पाउनेछन् । यो प्रतियोगिता संचालनको पुर्णाधिकार आइएमई र आइएमई पेमा निहित हुनेछ अतः विवादित विषयमा आइएमई र  आइएमई पेले गरेको निर्णय अन्तिम मानिनेछ । कुनै नियममा परिवर्तन भएमा सो को जानकारी फेसबुक मार्फत् गराईनेछ । अधिक जानकारीको लागि आइएमईको टोल फ्रि नम्बर १६६००१५१५१५ अथवा ००९७७–०१–४४३०६०० वा  आइएमई पेको टोल फ्रि नम्बर १६६००१६१६१६ अथवा ००९७७–०१–४००२६६० मा सम्पर्क गर्न सक्नेछन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ