arrow

माछापुच्छ्रे बैंकको दुर्इ वटा नयाँ शाखा संचालनमा

logo
प्रकाशित २०७५ असार २० बुधबार
810x440xmachha,281,29.PNG.pagespeed_.ic_.-1yUi1V8kS_.png

काठमाडौं। माछापुच्छ्रे बैंकले दुर्इवटा शाखा संचालनमा ल्याएको छ। बैंकले धनुषाको नागराइन नगरपालिकास्थित फुलगामा र सप्तरीको अग्रिसाइर कृष्ण सावरण गाउँपालिकास्थित माहुली शाखा संचालनमा ल्याएको हो।सो शाखाको बैंकका पूर्व अध्यक्ष डा वीरेन्द्रप्रसाद महतो तथा नागराइन नगरका मेयर प्रमेश्वर यादव र अग्रिसाइर गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले संयुक्त रुपमा उद्घाटन गरे। 
 
नयाँशाखामार्फत बैंकले ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने जनाएको छ ।धनुषाको धारापानीमा एटिएम समेत संचालनमा ल्याएको छ ।यो एटिएमको उद्घाटन मध्यपूर्वीय पृतना, धारापानीका पृतनापती ईश्वर हमालले गरे।



नयाँ