arrow

माछापुच्छ्रेको सुपर एजेण्टमा जीएमइ रेमिट नियुक्त

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
mbl-gme.jpg

काठमाडौं ।  माछापुच्छ्रे बैंकले जीएमइ रेमिटलाई बैंकको सुपर एजेण्टको रुपमा नियुक्त गरेको छ । आइतबार सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जीएमइ रेमिट का तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडलले हस्ताक्षर गरे ।

सम्झौतासँगै दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् र एमबीएल रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु तथा जीएमइ का एजेण्टहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पश्चात एमबीएल रेमिटको भुक्तानी जीएमइ को ७ हजारभन्दा बढी एजेण्टहरुबाट हुनुका साथै जीएमइको भुक्तानी बैंकका सबै शाखाहरुबाट हुनेछ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २२ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा ११० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ । 



नयाँ