arrow

जीएमई रेमिट माछापुच्छ्रे बैंकको सुपर एजेण्ट

logo
प्रकाशित २०७५ साउन २७ आइतबार

काठमाडौं । माछापुच्छ्रे बैंकले जीएमई रेमिटलाई बैंकको सुपर एजेण्टको रुपमा नियुक्त गरेको छ । सम्झौता पश्चात एमबीएल रेमिटको भुक्तानी जीएमईको ७००० भन्दा बढी एजेण्टहरुबाट हुनुका साथै जीएमईको भुक्तानी बैंकका सबै शाखाहरुबाट हुनेछन् ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा र जीएमई रेमिट प्रालिका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडलले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतासँगै दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् र एमबीएल रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु तथा जीएमईका एजेण्टहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।



नयाँ