arrow

माछापुच्छ्रे बैंकका ग्राहकले अब कनेक्ट आइपीएसको सेवा लिन पाउने

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
machha.jpeg

काठमाडौं ।  माछापुच्छ्रे बैंकले पनि नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएसको सदस्यता लिएको छ । अब माछापुच्छ्रे बैंकका ग्राहकहरुले कनेक्ट आइपीएस मार्फत भुक्तानी प्रोसेसिङ्ग, अन्तर बैंक रकमान्तर, बिल भुक्तानी, सहज, सरल र सुरक्षित माध्यमबाट गर्न सक्नेछन ।

सेवा उपयोग गर्न ग्राहकहरुले कनेक्ट आइपीएस मा रजिस्टर गनुपर्नेछ साथै रजिस्ट्रेसनको क्रममा दिएको फारम भरेर बैंकमा बुझाउनुपर्नेछ । सेवा सुचारु भएपछि ग्राहकले कनेक्ट आइपीएसको वेबसाईटमा गई एक लाखसम्मको बिल भुक्तानी र रकमान्तर गर्न सक्नेछन ।

यदि हितग्राही पनि कनेक्ट आइपीएस कै प्रयोगकर्ता भएमा हितग्राहीको मोबाईल नम्बर वा खाता नम्बर प्रयोग गरी रकमान्तर गर्न सकिनेछ । नेपाल सरकारको राजश्व समेत भुक्तानी गर्न सकिने यो सेवा २४सै घण्टा उपलब्ध छ ।



नयाँ