माछापुच्छ्रे बैंक र रियान्डा बिजसर्भबीच वित्तीय साक्षरता सम्बन्धि सम्झौता
प्रकाशित २०७५ भदौ ५ मंगलबार
374
Shares
काठमाडौं। माछापुच्छ्रे बैंकले यूकेएड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिजसर्भसँग सम्झौता गरेको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, रियान्डा बिजसर्भका तर्फबाट प्रवन्ध निर्देशक भरत रिजाल र फिनलिटको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।
यो सम्झौतासँगै बैंकले तोके बमोजिमका वित्तीय साक्षरता सम्बन्धि सम्पूर्ण कार्यहरु रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा)ले गर्नेछ। यस सम्झौताको कार्यन्वन पश्चात नेपालको वित्तीय साक्षरता न्यून रहेका ११ जिल्लाहरुमा बैंकले वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गर्ने लक्ष्य राखेको छ।
बैंकले उक्त वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सम्बन्धि तालिम, श्रव्य–दृश्य प्रस्तुती, नाटक–कथा मञ्चन, किताब र पढ्ने सामग्रीहरु वितरण, आदि कार्यहरु गरिने जनाएको छ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।