रियल टाइममा खाता खोल्न मिल्ने माछापुच्छ्रे बैंकको थप २ शाखा
प्रकाशित २०७५ भदौ २० बुधबार
665
Shares
माछापुच्छ्रे बैंक लिमिटेडले सिराहामा २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ। बैंकले सिराहाको लाहान नगरपालिकाको बरियारपट्टी र सखुवानान्कारकट्टीमा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ।
यो सहित बैंकको हालसम्म २७ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ। ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ। बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा एक सय १५ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।