- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। माछापुच्छ्रे बैंकले भक्तपुरकी बिन्दिना त्यातलाई स्मार्ट बचत खाताको बीमा अन्तर्गत ४३ हजार ८ सय ८६ भुक्तानी गरको छ। त्यातले ३ महिना अघि माछापुच्छ्रे बैंकको भक्तपुर शाखामा स्मार्ट बचत खाता खोलेकी थिइन्।
५ हजार न्यूनतम मौज्दात राखी खोल्न मिल्ने स्मार्ट बचत खातामा ग्राहकहरुले ५ लाख सम्मको दुर्घटना बीमा, एक लाख सम्मको अस्पताल भर्ना खर्च र ५ हजार सम्मको औषधी खर्च जस्ता सुविधाहरु निःशुल्क पाउँदै आएको कम्पनीले जनाएको छ।
स्मार्ट बचत खाता खोलेकी त्यातले अस्पताल भर्ना खर्चको दाबी गरी उक्त रकम प्राप्त गरेकी हुन्। 'मेरो उपचार खर्च बैंकबाट फिर्ता पाएकोमा विश्वास नै लागेको छैन', उनले भनिन्।
बैंकले बचत खातामा प्रदान गर्दै आएको ब्याजदर बृद्धि गरि ७ प्रतिशत पुर्याएको बताएको छ। बैंकले बिभिन्न बचत खाताहरुमा ५ प्रतिशत देखि अधिकतम ७ प्रतिशत सम्म ब्याज प्रदान गर्ने जनाएको छ। ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७ प्रतिशत ब्याजदर पाउन सक्नेछन्।
यो व्यवस्थासँगै ग्राहकहरुले बैंकले प्रदान गर्दै आएका अन्य सुविधा सहित आफ्नो बचतको उच्चतम प्रतिफल पाउने भएका छन्। मुद्दती निक्षेपमा पनि बैंकले १०.५ प्रतिशत सम्मको उत्कृष्ट ब्याजदर दिदैं आएको बैकले जनाएको छ।
बैंकले स्मार्ट बचत खोले बापत ग्राहकहरुलाई निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क एमबिएल मोबाईल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर सुविधा, निःशुल्क डेबिट-क्रेडिट कार्ड, निःशुल्क सि–आश्वा सुविधा र निःशुल्क अन्तरशाखा कारोबार जस्ता स्मार्ट सुविधाहरु समेत प्रदान गर्दै आएको बैंकले जारी गरेको विज्ञत्तीमा छ।