arrow

नेपालको विकास हुदैन कि भन्ने अध्यक्ष दाहाललाई चिन्ता

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
prachanda-7.jpg

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आर्थिक विकास र समृद्धिको एजेण्डामा राजनीतिक दलबीच समान विचार र धारणा रहेकाले आर्थिक विकासले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्। एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलबीच समान धारणा रहेकाले व्यापारी तथा व्यवसायी समूहले पनि त्यसमा सघाउनुपर्ने बताए।

जनतालाई आश्वस्त पार्ने गरी विकासका लागि मौलिक नीति र कार्यक्रम तय गर्दै जानुपर्ने र त्यसले मात्रै आर्थिक विकास र समृद्धिको मार्ग चित्रलाई फराकिलो बनाउन सक्ने उनको भनाई छ। अध्यक्ष दाहालले भने, “राजनीतिक परिवर्तको साक्षी र नेतृत्वकर्ताको हैसियतले यस पटक पनि हामी सिर्जनात्मक भएर नयाँ शुरुआत गर्न सकेनौँ भने यो देशको भविष्य के होला भन्ने चिन्ता लागेको छ।”

उनले विगतमा पञ्चायत, राजाको निरकुशता र दलहरुको कार्यशैलीलाई आरोपित गरेर जनताबाट क्षमा पाउने गरेको भए पनि अहिले हामीलाई त्यस्तो कुनै पनि आधार नभएकाले केही न केही गर्नैपर्ने बाध्यता रहेको बताए।

विकास र समृद्धिको अभियान शुरु गर्ने निक्कै ठूलो अवसर आएको भन्दै उनले यो अवसरलाई पूर्णरुपमा सदुपयोग गर्न आफूहरु क्रियाशील रहेको बताए।

सरकार र नेकपाले विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएको भन्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्न पनि सबैको साझा प्रयत्न जरुरी रहेको स्पष्ट पारे।

अध्यक्ष दाहालले भने, “हामीलाई भूगोग, प्रकृति, समाजले धेरै ठूलो अवसर दिएको छ। प्रकृतिले दिएको स्रोत र साधनलाई भौगोलिक र सांस्कृतिक विविधता भित्र लेखाजोखा गर्दै धनी राष्ट्रका रुपमा अगाडि बढ्ने पर्याप्त आधार दिएको छ। त्यसलाई सदुपयोग गर्नुपर्दछ।”

छिटोभन्दा छिटो आर्थिक विकासका लागि चीन र भारतजस्ता ठूला देशले घेरिएको भूराजनीतिक अवस्थिति विकासका लागि वरदान सावित हुनुपर्नेमा जोड दिँदै उनले अब दृढ इच्छा शक्ति मात्रै जरुरी रहेको बताए।

देशभित्रै व्यावसायिक वातावरण बनाए मात्रै वैदेशिक लगानीकर्तालाई समेत भित्र्याउन सकिने भएकाले त्यसका लागि सरकार, राजनीतिक नेतृत्व र व्यवसायी सबै लाग्नुपर्ने उनको कथन थियो। राजनीतिक नेतृत्वले जोखिम मोलेर भए पनि आर्थिक विकास र समृद्धिका लागि विशेष पहल गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड थियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ