- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। माछापुच्छ्रेमा खाता खोल्न ग्राहकहरुले बैंक धाउनु पर्ने बाध्यताबाट छुटकारा पाउने भएका छन्। माछापुच्छ्रे बैंकको अनलाईन खाता मार्फत विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र संचालन गर्न सकिने बैंकले जनाएको छ। अनलाईन खाता खोल्न ग्राहकहरुले बैंकको वेबसाईटमा गई अनलाईन खाता खोल्ने फारम भर्नुपर्ने हन्छ। इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाईल, ट्याबलेट, आइ–प्याडको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ।
बैंकले बचत खातामा प्रदान गर्दै आएको ब्याजदर समेत वृद्धि गरि ७ प्रतिशत पुर्याएको छ। बैंकले विभिन्न बचत खाताहरुमा ५ प्रतिशत देखि अधिकतम ७ प्रतिशत सम्म ब्याज प्रदान गर्ने जनाएको छ।
ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७ प्रतिशत ब्याजदर पाउन सक्नेछन्। यो व्यवस्थासँगै ग्राहकहरुले बैंकले प्रदान गर्दै आएका अन्य सुविधा सहित आफ्नो बचतको उच्चतम प्रतिफल पाउने भएका छन्। मुद्दती निक्षेपमा पनि बैंकले १०.५ प्रतिशत सम्मको उत्कृष्ट ब्याजदर दिदैं आएको छ।
माछापुच्छ्रेले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २८ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा एक सय १६ स्थानबाट ग्राहक सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।