arrow

आइएमई कार्ड वाहक सेवाग्राहीलाई बोता मःममा १५ प्रतिशत छुट

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
ime-bota-momo.jpg

काठमाडौं। आइएमई लिमिटेड र बोता मः मबीच सम्झौता भएको छ। सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीले बोता मः ममा १५ प्रतिशत विशेष छुट पाउनेछन्। उपत्यकाका ६ वटै आउटलेटमा यो सम्झौता लागुहुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्ने हुन्छ। सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोता मः मको तर्फबाट अपरेशन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौता असोज ०१ गतेदेखि दुई वर्षका लागि लागुहुने कम्पनीले जनाएको छ। आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदा गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए। 

स्थापनाकाल देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्व रहेको कम्पनी अहिले १८औँ वर्षसम्म निरन्तर सेवा दिदै आएको छ। मुलुकभर शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी एक सय ७४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार एक सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिदै आएको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ