arrow

माछापुच्छ्रे बैंकको एक महिने महोत्सव, ग्राहकलाई छुटै छुट

logo
प्रकाशित २०७५ असोज १ सोमबार
MBL-Mahotsav-2018.jpg

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले बैंकिङ्ग कारोबार शुरु गरेको १८ वर्ष पुरा गरी १९ ‌‌‌औं बर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा आश्विन महिना भरी आफ्नो सम्पूर्ण शाखाहरुमा माछापुच्छ्रे महोत्सव सञ्चालन गरिरहेको छ।

१८ औं वार्षिकोत्सवको उपलक्ष्यमा माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ्ग अनुभुती गराउने बताएको छ। साथै, यस महोत्सवलाई मध्यनजर गर्दै ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड-इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्कमा छुटको ब्यवस्था गरेको। बैंकले मोबाइल मनी शुल्कमा ५० प्रतिशत छुट, क्रेडिट कार्डमा ५० प्रतिशत छुट, र रिटेल कर्जा सेवा शुल्कमा ०.१८ प्रतिशत छुट लगायत बिभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गर्ने बैंकले बताएको छ। 

बैंकले उक्त महोत्सव आश्विन महिना भरी जारी रहने बताएको छ। बैंकले सर्वसाधारणहरुलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरुको लाभ लिन आव्हान गरेको छ।  पोखराबाट २०५७ सालमा बैंकिङ्ग कारोवार शुरु गरेको यस बैकले हाल ८६ वटा शाखा कार्यालय, २ वटा एक्स्टेन्सन काउण्टर, २८ वटा शाखा रहित सेवा लगायत ९९ वटा ए.टि.एम.बाट देशभरीका ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ।



नयाँ