arrow

आइएमईको 'दशैंमा बीस लाख' योजना सार्वजनिक

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
IME-Dashain-Campaign-2018.jpg

काठमाडौं। नेपालको रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले दशैं, तिहार र छठलाई लक्षित गरि ‘दशैंमा बीस लाख’योजना सार्वजनिक गरेको छ। यो योजना असोज ७ गतेदेखि मङ्गसिर मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ। यो योजना अवधि भरी विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्ने छन्।

स्थापनाकालदेखि नै विभिन्न योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यस पर्वमा देश-विदेशमा रहेका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरि उक्त स्कीम सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार, योजना अवधिभर गरिने ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’बाट छनोट हुनेछ। जसमा विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’मार्फत एक हजारको बिल भुक्तानी गर्नेछ। त्यस्तै हरेक हप्ता एक जना सेवाग्राहीलाई १० हजार नगद र  हरेक महिना एक जनालाई एक लाख नगद प्रदान गर्नेछ। त्यसैगरी बम्पर उपहारमा भने एक जना भाग्यशाली सेवाग्राहीलाई २० लाख नगद प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

‘लक्की ड्र’बाट छानिएका विजेताको सिफारिस बमोजिम नेपालमा बस्ने आफन्तलाई समेत पुरस्कार दिने कम्पनीले बताएको छ। सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्नेछ। यो योजनामा आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति सहभागी हुन नपाउने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ