arrow

दशैँमा बस टुरका लागि ‘आइएमई पे’

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
ime-pay.png

काठमाडौं। बससेवा ट्रावल एण्ड टुर प्रा. लि. अन्तर्गतका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अवदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

बससेवा ट्रावल एण्ड टुर मार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शूल्क संकलन तथा भुक्तान गर्न सक्नेछन् ।

 सो व्यवस्थासँगै नजीकदै गरेको नेपालीहरुको महान पर्व दशैँमा आवतजावत गर्ने यात्रुहरुलाई सहज हुने विश्वास राखिएको छ । सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र बससेवा ट्रावल एण्ड टुर का तर्फबाट अध्यक्ष पर्शुराम खनालले  हस्ताक्षर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ