arrow

नेत्र बहादुरले जिते आइएमईबाट एक लाख

logo
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
ime-dashain.jpg

काठमाडौं। आइएमईको ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत नेत्र बहादुर मल्ल पहिलो महिनाको विजेता घोषित भएका छन्। क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल ‘लक्की ड्र’ बाट एक लाख जितेका हुन्। आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित विजेता घोषणा कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नेत्र बहादुर मल्लको सिफारिसमा  रीता सुनुवारलाई हस्तान्तरण गरिएको जनाएको छ।

असोज ७ गतेदेखि शुरु भई मङ्गसिर मसान्तसम्म लागु हुने सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’बाट पाँचजना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राहीहरू विजेता घोषित भइसकेका छन्।

योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी थिए।  योजना अवधिमा भएका ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत एक हजारको बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १० हजार नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई एक लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २० लाख नगद प्रदान गरिनेछ।

आइएमईले ‘लक्की ड्र’ बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा रहेका आफन्तलाई समेत पुरस्कार प्रदान गरेको छ। सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्नेछ। आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनेछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ