arrow

माछापुच्छ्रे बैंकको १० प्रतिशत नगद लाभांश

logo
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
MBL-Logo.jpg

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडको मंसिर ५ गते बसेको संचालक समितिले गत बर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ।बैंकले उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात १० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो।  

बैंकले गत आर्थिक वर्षमा एक अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो। बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैँया तथा साधारण जगेडा कोषमा एक अर्ब ११ करोड रुपैँया संचित छ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा एक सय २६ स्थानबाट ग्राहकलाई  सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर एक सय ५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।



नयाँ