arrow

काङ्ग्रेस बैठक चल्दै

logo
रासस,
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं। विधान संशोधन मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न शुरु भएको बैठकमा पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल शुरु भएको पार्टी कार्यालयले जनाएको छ।

यसअघि मङ्सिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय दिएको थियो। यसअघिको बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले प्रतिवेदन पेश गरेको थियो।

काङ्ग्रेसले मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीको विधान समयानुकूल परिमार्जन गर्न महामन्त्री खड्काको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो।

काङ्ग्रेसले विधान परिमार्जनका लागि यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म पार्टीको महासमिति बैठक काठमाडौँमा गर्ने भएको छ। पार्टी केन्द्रीय कार्य समितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ