arrow

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखा

logo
प्रकाशित २०७५ मंसिर २२ शनिबार
machha.jpeg

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ। बैंकले मंसिर २१ गते मकवानपुरको हेटौंडा उप–महानगरपालिका स्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिका स्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिका स्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ।

हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक श्री जय मुकुन्द खनाल ज्यू र हेटौंडा उप–महानगरपालिकाका मेयर हरि बहादुर महतले संयुक्त रुपले गरे। त्यसै गरी इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठले संयुक्त रुपले गरेका थिए। त्यसैगरी कालिका शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठले संयुक्त रुपले गरेका थिए। 

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ। यस बैकले २०७५ साल आश्विन मसान्तसम्म रु ७७ अर्व निक्षेप परिचालन गरी रु. ७१ अर्व  कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ३७ करोड खुद मुनाफा गरेको छ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर १०६ वटा एटीएमहरु संचालनमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ