arrow

माछापुच्छ्रे बैंकले महिला उद्दमीलाई बिना धितो लघुकर्जा दिने

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
MBL.JPG

काठमाण्डौं। माछापुच्छ्रे बैंक लिमिटेड, यूकेएड सक्षम र हेफर इन्टरनेशसन बिच संयुक्त सहकार्यमा ग्रामीण क्षेत्रमा रहेका महिला उद्दमी तथा कृषकहरुको जीवनस्तर सुधारका लागि सरलीकृत लघुकर्जा दिने सम्बन्धी सम्झौता भएको छ। मंगलबार भएको एक औपचारिक कार्यक्रम बिच सम्झौता भएको हो।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर श्री निर्मल दाहाल र हेफर इन्टरनेशनल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए।

उक्त कार्यक्रममा बोल्दै शर्माले यस सहकार्यबाट देशभरका १४ वटा जिल्लाबाट महिला उद्दमी, कृषक तथा साना उद्दमीलाई बिना धितो सरलीकृत कर्जा प्रदान गरिने बताउनु भएको छ। साथै, बैंकले कुल ४,३०० कृषक एवं महिला उद्दमीलाई ऋण प्रवाह गर्ने, ३,०००को संख्यामा खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रबाट वित्तीय साक्षरता प्रदान गर्ने, शाखारहित सेवा केन्द्रको विस्तार गर्ने तथा नेपालमै पहिलो पटक नौलो कर्जा सेवा “किसान क्रेडिट कार्ड”को सेवा प्रदान गर्ने उदेश्य समेत राखेको बताउनु भएको छ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर १०७ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।

सक्षम यूकेएडको वित्तीय सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो। यसलाई नेपालमा डिफिड नेपालका लागि लुइस बर्जरले विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा कार्यान्वयन गर्दै आएको छ।

हेफर ईन्टरनेशनल नेपाल साना किसानहरुको दिगो बिकासमा अग्रणी भुमिका खेल्ने अन्तराष्ट्रिय गैर सरकारी संस्थाको रुपमा परिचित छ। हालसम्म हेफरले बाख्रा तथा दुग्ध मूल्य श्रृंखलामा आधारित उद्यमहरु मार्फत नेपालका ४१ जिल्लाका २ लाख ५० हजार भन्दा बढी गरीब तथा उत्पीडित परिवारहरुलाई सहयोग पुप्याइको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ