arrow

माछापुच्छ्रे बैंकले पूर्व प्रहरीलाई पेन्सन पट्टा धितो राखेर सरल कर्जा दिने

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
MBL.jpg

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल पूर्व प्रहरी संगठनबीच सरल कर्जा उपलब्ध गराउने सम्बन्धी संझौतामा बिहिवार हस्ताक्षरमा भएको छ। नेपाल पूर्व प्रहरी संगठनको धापासीमा रहेको कार्यलयमा भएको संझौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष श्रीबसन्त राज कुँवर तथा माछापुच्छे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले संझौता पत्रमा हस्ताक्षर गरेका हुन्।

संगठन र बैंकबीच भएको सम्झौता बमोजिन पूर्व प्रहरीहरुलाई पेन्सन पट्टा धितो राखी कर्जा उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ। सो अवसरमा माननीय प्रतिनिधि सभा सदस्य श्रीनवराज सिलवाल समेतको उपस्थिति रहेको थियो।

माछापुच्छे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले उक्त कार्यक्रममा बोल्दै यस्ता कार्यक्रमबाट आर्थिक सम्मुन्नत लगायत आपसी सद्भाव र भाईचाराको समेत विकाश हुने बताए। त्यसैगरी पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुँवरले यो कार्यले रिर्टायड भएका पूर्व प्रहरीहरु पनि आर्थिक कार्यमा लाग्न सघाउँ पुग्ने बताए।

साथै कार्यक्रमका प्रमुख अतिथि माननीय प्रतिनिधि सभा सदस्य श्री नवराज सिलवालले यस्ता कार्यक्रमबाट सानो भन्दा सानो तहको पूर्व प्रहरी कर्मचारीहरुलाई प्रोत्साहित गरी आर्थिक सम्मुन्नत बनाउने कुरा राखे। 

कार्यक्रममा हस्ताक्षर गर्नु पुर्वनै नेपाल पूर्व प्रहरी संगठन तथा माछापुच्छे बैंक लिमिटेडले बिर्तामोड, काठमाडौं, चितवन तथा दाङ्गमा सरल कर्जा संबन्धि बैंकिङ्ग साक्षरता कार्यक्रम संचालन गरिसकेकोमा बैंकले आगामी दिनमा देशका अन्य क्षेत्र तथा जिल्लाहरुमा समेत क्रमश संचालन गर्ने प्रतिबद्घता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ