arrow

गृहमन्त्री बादलको निर्देशनमा उठाइए माइतीघर मण्डलाबाट अनसनकारीहरु

उपचार नगर्ने बरु मर्ने

logo
प्रकाशित २०७५ पुष ३ मंगलबार
Amaran_ansan.jpg

काठमाडौं । जनयुद्धमा राज्य विरुद्ध लड्दा घाईते भई अपांगता भएका ७ जना पूर्व लडाकुलाई गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा उठाइएको छ । सोमबार राति ११ बजे उनीहरुलाई उपचारका लागि भन्दै उठाएर वीर अस्पताल पुर्याइएको थियो । 

बिहीबारदेखि माईतीघर मण्डलामा पुसको चिसोमा अनसनरत उनीहरुका माग पूरा गर्नुको सट्टा बादलले अनसन भंग गर्न उठाउन लगाएका थिए । आफूहरुसंग पटक पटक सरकारले गरेको सम्झौता कार्यान्वयन नभएपछि वाध्य भएर पुसको कठ्याङ्ग्रिदो जाडोमा पनि चिसो छिडीमा सुत्न वाध्य भएको उनीहरुले बताएका थिए । 

उपचार नगर्ने बरु मर्ने 
पीडितहरुले आफूहरुले उपचार नगर्ने बरु मर्न तयार रहेको बताएका छन् । गृहमन्त्रीले माग पूरा गर्नुको सट्टा अमानवीय तरिकाले आफूहरुलाई उठाएर ल्याएको भन्दै त्यसको भण्डाफोर गर्न पत्रकार सम्मेलन गर्ने पनि उनीहरुले जनाएका छन् । 

मंगलबार बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको बुझिएको छ । सात जनामध्ये एक जनाको अवस्था भने गम्भीर बन्दै गएको छ ।

सम्बन्धित समाचारहरु–

पूर्व लडाकु प्रचण्ड बादललाई गलपासो, माइतीघरमा आमरण अनसन

अनसनमा रहेका पूर्वलडाकु मंगलसेनको अवस्था गम्भीर, सरकारी बेवास्ता



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ