arrow

माछापुच्छ्रे बैंकको सुनकोशी शाखामा कारोवार सुरु

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
machhapuchhre-branch.jpg

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ। बैंकले पौष १२ गते देखि ओखलढुङ्गाको सुनकोशी गाँउपालिका स्थित सुनकोशी शाखा कार्यालयबाट कारोवार सुरु गरेको हो।

उक्त शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइराला, प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीले संयुक्त रुपमा गरेका थिए।

यस गाउँपालिकामा यस भन्दा अघि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति नरहेको अवस्था त्यहाका नागरिकले सहज रुपमा बैकिङ सेवा पाउने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालाले बताए।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ