arrow

माछापुच्छ्रे बैंकको थप ८ शाखा रहित बैकिङ सेवा

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
03.jpg

काठमाडौं। माछापुच्छ्रे बैंकले खोटाङ्ग, भोजपुर र डडेलधुरा मा ८ शाखा रहित बैंकिङ सेवा एकै पटक संचालनमा ल्याएको छ । बैंकले खोटाङ्गमा पर्ने हलेसी तुबचुङ्ग नगरपालिकाको अर्खौले र राजापानीमा २ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । त्यससँगै डडेलधुरामा पर्नेवागेश्वर गाँउपालिको रुपाल रगन्यापधुरा गाँउपालिको बदलमा २ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। 

यसका साथै भोजपुरमा पर्ने ट्याम्के मैयुङ्गाँउपालिको कोट र पाँचधारे,सदानन्द नगरपालिकाको साङ्पाङ् र पौवाडुङ्मा गाउँपालिकाको च्याङ्रेमा पनि ४ शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको छ। बैकिङ् पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्नाग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ सेवा पुर्‍याइरहेको छ । सहित माछापुच्छ्रे बैंकको हालसम्म ५२ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएकोछ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्तशाखा रहित सेवा केन्द्रहरुबाट खाताखोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त 'रियल टाइममा' खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले नेपालभर आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ सेवागरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ