arrow

साढे १८ करोड अकूत सम्पत्ति कमाएको आरोपमा गोपाल खड्का विरुद्ध विशेष अदालतमा मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७५ पुष २३ सोमबार
gopal-khadka-final-final.jpg

काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 

अख्तियार स्रोतका अनुसार गोपाल खड्काविरुद्ध १८ करोड ६६ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको अभियोगसहित मुद्दा दायर गरिएको छ । नेपाल आयल निगममा हुँदा अनियमितताको आरोपमा निकै विवादमा परेपनि खडढ्काले राजीनामा नदिएपछि खड्कालाई मन्त्रालयमा तानेर जिम्मेवारी दिईएको थियो । 

सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि गत जेठमा खड्काले राजीनामा दिएका थिए । गत जेठ २४ गते खड्काले पत्रकार सम्मेलन गरी आफूलाई समय सकिनु अघि नै गैरजिम्मेवार बनाएको गुनासो गर्दै राजीनामा दिएको बताएका थिए । 'मलाई मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाइयो', खड्काले राजीनामा दिनुअघि पत्रकार सम्मेलनमा भनेका थिए, 'मेरो कार्यकाल अझै ६ महिना बाँकी छ तर जिम्मेवारीविहीन भएर बस्नुभन्दा राजीनामा गर्नु नै ठिक लाग्यो र मन्त्रीलाई राजीना पत्र बुझाएँ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ