माछापुच्छ्रे बैंकका नव निर्वाचित अध्यक्षद्वारा सपथ ग्रहण
प्रकाशित २०७५ पुष २५ बुधबार
349
Shares
काठमाडौं। माछापुच्छ्रे बैंकको २०७५ सालपौष २० गते बसेको बैंकको २० औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका बिरेन्द्र प्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको उक्त साधारण सभाबाट रोशन के. सी. र गोपीकृष्ण न्यौपाने समेत सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।
बैंकले देशैभर आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट सुबिधा प्रदान गरिरहेको छ।