arrow

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखा सञ्चालनमा

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
mbl-branch.jpg

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौं स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक शुरुवात गरेको छ र तनहुँस्थित भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ। बैंकले यहिं माघ ४ गते काठमाडौं महानगरपालिका स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ। उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द्र प्रसाद महतोले गरे। 

नयाँ शाखाहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ। बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ। यस सँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १९ पुगेको छ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९३ वटा शाखाहरु र ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर ११२ वटा एटीएमहरु संचालनमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ